aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

गाउँ काकाकुलः तर, प्रतिगाग्री सय रुपैयाँ पानी किनेर अतिथि गृह निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ जेठ २०७६
गाउँ काकाकुलः तर, प्रतिगाग्री सय रुपैयाँ पानी किनेर अतिथि गृह निर्माण

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन्, स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरु प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजार चलाउँछन् । 

तर, काकाकुल हरिहरपुरगढीलाई प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नं २ का सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट त्यही गाउँमा अतिथिगृह निर्माणमा खन्याएका छन् ।

खानेपानी आयोजना उनको प्राथमिकतामै परेन । त्यही अतिथिगृह निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँ दरले किनेको पानी प्रयोग भइरहेको छ । स्कुले विद्यार्थीले बिदाका दिन बोेकेको पानी किनेर ठेकेदारले भवन बनाइरहेका छन् । यस विषयमा पत्रकारले प्रश्न गर्दा गजुरेलले जेसुकै लेख्नुस्, म कसैसँग गराउँदिन भनेर जवाफ दिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस