aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

अभिषेक बच्चन पनि कोरोनाभाइरस (काेभिड-१९) मुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
अभिषेक बच्चन पनि कोरोनाभाइरस (काेभिड-१९) मुक्त

मुम्बई । भारतीय अभिनेता अभिषेक बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन् ।

अभिषेकले सामाजिक सञ्जालमार्फत कोरोना रिपोर्ट नगेटिभ आएको बताएका छन् । अभिनेता अभिषेकसँगै परिवारका सदस्य अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आरध्यामा कोरोना संक्रमण भएको थियो । गत अगस्त २ मा अमिताभले पनि कोरोना जितेर घर फर्किएका थिए ।

यसअघि नै कोभिड–१९ निको भएर ऐश्वर्या र आरध्या घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस