काठमाडौं । अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासको तुलनामा गत वर्षको सोहि अवधिमा आशा लघुवित्तको खुद नाफा ३ दशमलव ७४ प्रतिशत कम भएको छ ।
अघिल्लो वर्ष रू. ३ करोड ९५ लाख ८५ हजार खुद नाफा गरेको यस कम्पनीले गत वर्ष रू. ३ करोड ८१ लाख २ हजार खुद नाफा गरेको छ ।
कम्पनीले साउन २५ गते आइतवार गत आवको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले सञ्चालन मुनाफा भने अघिल्लो वर्षभन्दा ११५ प्रतिशत बढी गरेको छ । अघिल्लो वर्ष रू. ३ करोड २४ लाख ९८ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले गत वर्ष रू. ७ करोड ९९ हजार सञ्चालन मुनाफा गरेको हो ।
सञ्चालन मुनाफा बढेको कम्पनीको खुद नाफा भने एक्सट्रा अर्डिनरी एक्सपेन्सेसका कारण घटेको देखिन्छ । गत वर्ष कम्पनीले रू. १ करोड १९ लाख ४१ हजार एक्सट्रा अर्डिनरी एक्सपेन्सेस शिर्षकमा रकम खर्च गरेको छ ।
अघिल्लो वर्षभन्दा कम्पनीले ९२ प्रतिशत कम खराब कर्जा उठाएको छ । अघिल्लो वर्ष रू. २ करोड ९५ लाख २२ हजार खराब कर्जा उठाएको कम्पनीले यस वर्ष रू. २३ लाख ५६ हजार मात्र यो कर्जा उठाएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड २२ लाख ८८ हजार रहेको छ ।
कम्पनीको जगेडा कोष रकम भने उल्लेख्य मात्रामा बढेको छ । अघिल्लो वर्ष रू. १ करोड ३४ लाख ६४ हजार रहेको जगेडा कोष रकम गत वर्ष रू. ७ करोड ४५ लाख ३८ हजार कायम भएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट रू. १ अर्ब ४४ करोड ८२ लाख ३० हजार सापटी कर्जा सापटी लिएको छ भने रू. २ अर्ब ३४ करोड ४६ लाख १८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष कम्पनीले रू. ८१ करोड ८९ लाख २७ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष १ दशमलव ४९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ९८ प्रतिशत पुगेको छ ।
चौंथो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. १६ दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव शून्य ९ रहेको छ । यो अवधिसम्म कम्पनीले ८ दशमलव ३८ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस