aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

५० लाख ठग्न खोज्दा प्रहरीको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ जेठ २०७६
५० लाख ठग्न खोज्दा प्रहरीको फन्दामा

हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ । आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो ।

घटना जेठ ८ गरेको हो । हेटौंडा बजारमै रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा अचानक चोरीभन्दै प्रहरीमा उजुरी पर्यो । सञ्चालक घिमिरेले पसलमा चोरी भएको भन्ने हल्ला फिँजाई पत्रकार सम्मेलनमार्फत मिडियाबाजीसमेत गरेका थिए ।

जेठ ११ गते उमेशका दाजु रुद्रप्रसाल घिमिरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको विवरणसहित निवेदन दिए ।

सनराइज बैंकबाट ५० लाख रुपैयाँ ऋण चाँडै तिर्न बारम्बार दबाव आएपछि घिमिरेले पसलको बिमा गरी चोरीको प्रपञ्च रचेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ। 

प्रतिक्रिया दिनुहोस