
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ९ गते विशेष साधारण सभा डाकेको छ ।
कम्पनीको केन्द्रिय कार्यालय सप्तरीमा विहान ११ बजे सभा डाकिएको हो । सभाले नव किरण लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्बन्धमा भएका समझदारिपत्रलाई अन्तिम रुप दिनेछ ।
सभाले डिडिएका आधारमा निर्धारण गरिएको शेयर स्वाप रेशियोलाई पारित गर्ने , सोहि बमोजिम प्रबन्धपत्र संशोधन गर्ने , कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तको बनाउने लगाएतका प्रस्तावहरु पारित गर्नेछ ।
कोरोना संक्रमणका विच डाकिएको सभामा शेयरधनीहरुलाई कम्पनीले भिडियो कन्फ्रेन्स मार्फत सहभागी गराउनेछ । हालसम्म नविकरण लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छैन् ।
यी दुई कम्पनीविच मर्जरका लागि नवकिरण लघुवित्तको १०० कित्ता शेयर बराबर महुली लघुवित्तको ९५ कित्ता शेयर आदानप्रदान गर्ने सम्झौता भएको छ ।
प्रतिक्रिया दिनुहोस