एजेन्सी । कोरोना भाइरस खोपको परिक्षणको विषयमा बेलायतका दुई वैज्ञानिकहरू बीच विवाद शुरु भएको छ । अक्सफोर्ड विश्वविद्यालयका दुबै वैज्ञानिकहरू कोरोना भाइरस खोपको परीक्षणको प्रक्रियाको बारेमा एक अर्कामा विवाद भएको हो । अक्सफोर्डले विकास गरेको कोरोना खोपको तेस्रो राउन्ड परीक्षण चलिरहेको छ ।
डेली मेल रिपोर्टका अनुसार प्रोफेसर एड्रियन हिल र सारा गिलबर्टको बिचमा झगडा भएको बताइएको छ । परिक्षणका लागि कोरोनाले मानिसहरूलाई किन संक्रमित गर्ने हो भन्ने विषयमा विवाद भएको हो । प्रोफेसर एड्रियन हिल स्वस्थ स्वयम्सेवकहरूलाई खोप लगाए भाइरसबाट संक्रमित बनाउन चाहन्छन ।
कोरोना भाइरस खोपको परीक्षण सफल मात्र मानिन्छ जब यो सबैलाई जानकारी हुनपर्छ यो खोप लगाइसकेपछि कोरोना संक्रमितको सम्पर्कमा जाँदा भाइरस नसरोस । एकै साथ बेलायतमा कोरोना संक्रमण हुने घटनाहरू घट्दैछ र यस्तो अवस्थामा परीक्षण सफल हुने सम्भावना पनि घट्दै गएको देखिन्छ ।
यस अघि अक्सफोर्ड युनिभर्सिटीले बनाएको योजनामा केही स्वयंसेवकहरूलाई जसलाई भ्याक्सिन सप्लिमेन्ट दिइने बनाएको थियो । उनीहरु आउँदो समयमा भाइरसको सम्पर्कमा आउन सक्छन्। तर, अब प्रोफेसर एड्रियन हिल केहि स्वयंसेवकहरूलाई अझै कोरोनाबाट संक्रमित गर्न चाहन्छन् ।
तर, डेली मेल रिपोर्टले अक्सफोर्ड विश्वविद्यालयको सारा गिलबर्ट एड्रियन हिलसँग थप स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट संक्रमित बनाउने विषयमा सहमत नभएको दावी गरेको छ । उनका अनुसार कोरोनामबाट संक्रमित युवाहरू पनि जोखिममा हरेको दावी गर्छिन् ।
यदि वैज्ञानिकले स्वयंसेवकहरूलाई कोरोना भाइरसको संक्रमणबाट आफैंमा संक्रमित गरे खोप परीक्षणको परिणाम चाँडै आउन सक्छ । तर, यो त सम्भव हुन्छ जब दुवै वैज्ञानिकहरु सहमत हुन्छन् । साथै परीक्षणको प्रस्तावलाई एनएचएसको इथिक्स कमिटीले अनुमति दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस