aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

फेरिए सात जिल्लामा प्रजिअ (सूचिसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
फेरिए सात जिल्लामा प्रजिअ (सूचिसहित)

काठमाडौं । सात जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।  गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना गरेको हो । 

गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ ७ जिल्लाका प्रजिअसहित १६ जना अधिकारीहरुको सरुवा तथा पदस्थापना गरेका हुन् । गृह मन्त्रालयमा कार्यरत केही सहसचिव र उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । 

गृहका सहायक प्रवक्ता उमाकान्त अधिकारी म्याग्दीमा प्रजिअ बनेका छन् । केही समयअघि मात्रै रक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका सन्तबहादुर सुनारलाई दैलेखको प्रजिअ बनाइएको छ । त्यस्तै, सहसचिव उमेश बस्नेत रौतहटका प्रजिअ बनेका छन् । हिरादेवी पौडेल मुस्ताङ, खिमराज भुसाल प्यूठान, ध्रुव गिरी मनाङ र राजकुमार राई रुकुम पूर्वका प्रजिअ बनेका छन् ।

अरुण पोखरेल लगायत अन्य सहसचिवहरुलाई मन्त्रालय मातहतका विभिन्न कार्यालयमा पदस्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस