aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नवीकरण नगर्दा बृद्धभत्ताबाट वञ्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ जेठ २०७६
नवीकरण नगर्दा बृद्धभत्ताबाट वञ्चित

इलाम । सूर्योदय नगरपालिका वडा नम्बर ५ का लालवीर लाप्चाले यस वर्ष राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउनुभएन् । गतवर्ष भत्ता पाउनुभएका लालवीर यसपटक भत्ता नपाउँदा खिन्न हुनुहुन्छ । लालवीरलाई बल्ल थाहाभयो सामाजिक सुरक्षा भत्ता पाउन प्रत्येक वर्ष असार मसान्तसम्ममा वडा कार्यालयबाट नाम दर्ता गराउनुपर्ने हुन्छ । 

सूर्योदय नगरपालिकाभित्रकै सबैभन्दा बढी लाप्चा समुदायको बसोबास वडा नम्बर ५ समालबुङमा छ । वडा कार्यालयको तथ्याङ्कअनुसार २९ घरपरिवारका ३४६ जना लाप्चा समुदायका मानिस बसोबास गर्ने वडामा संख्यात्मक रुपमा सामाजिक सुरक्षा भत्ता लिन छुटाउने धेरै छन् । लोपोन्मुख लाप्चा जातिलाई राज्यले बच्चा जन्मँदा वडामा जन्मदर्ता गराएदेखि नै मासिक दुई हजार रुपैयाँ भत्ता दिने गरेको छ । 

सामाजिक सुरक्षा भत्ता दिन एकपटक सूचीकृत भएकाहरु पनि नवीकरण नहुँदा छुटेको पाईएको छ । सामाजिक सुरक्षा भत्ता लिन छुट्नुभएका लालबीर लाप्चाले भन्नुभयो, 'एकपटक भत्ता पाएपछि केही गर्नु पर्दैन भन्ने लागेको थियो, प्रत्येक पटक नवीकरण गर्नुपर्ने रहेछ, यसपालि बेलैमा नवीकरण गर्छु ।' 

वार्षिक नवीरकण गर्नुपर्ने भए पनि नवीकरण गर्नुपर्छ भन्ने थाहा नहुनु, भत्ता पाउन अनिवार्य बैंकमा खोलेको हुनुपर्ने भए पनि खाता नखोल्नु, इच्छाईएकोव्यक्तिले भत्ता निकाशा गर्न पाउने भए पनि इच्छाईएको व्यक्ति साथमा नहुनु, नागरिकता नहुनुजस्ता कारणले सामाजिक सुरक्षा भत्ता लिनबाट छुटेको पाईन्छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस