aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ जेठ २०७६
दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता

बैतडी । दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने  भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई  मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए ।
 
माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि  मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “टुहुरा बालबालिले आमा बुबाको अभाव  महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेका हौँ ।” 
उपाध्यक्ष कार्कीले जोड दिए, “भत्ताले गरीबी निवारण र अशिक्षा कारण २० वर्ष नपुग्दै गरिने बिहे पनि अन्त्य हुने अपेक्षा गरेका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस