
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरस संक्रमित बढेपछि उक्त क्षेत्र सिल गरिएको छ ।
साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो ।
प्राप्त जानकारी अनुसार आइतबार १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ । तीन जनालाई भने उनीहरूकै घरमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस