
देशका जुनसुकै ठुलासाना क्रान्तिहरुमा हजारौं जनताहरुले आफ्ना ज्यानको आहुती दिएका छन । कयौं घरबार विहिन भएका छन भने ,कयौंले अंगभङ भएर कष्टकर तबरले जिवन यापन गरिरहेका छन।प्रगतिशील जनताहरु कै सहयोग मा जहाँनिया राणा शासन हुँदै ,सामन्तहरुले प्रतिनिधित्व गरिरहेको पन्चायत शासनतन्त्र र लामो राजतन्त्रलाई लाई सत्ताच्युत गराएर बहुदलीय प्रजातान्त्रिक प्रणाली अनुरुप राज्यको शासन सत्ता स्थापित गराउन सफल भएको हो ।
प्रजातन्त्रलाई जसले जुनसुकै कोण र परिभाषा बाट परिभाषित गर्न खोजे पनि आम नेपाली जनताले प्रजातन्त्रको मार्ग र आवश्यकतालाई आत्माशात गरेकै छन।कुनै प्रतिक्रियावादीहरुले प्रजातन्त्रले काम गर्न सकेन ,फेरिपनी सक्रिय राजतन्त्र नै चाहिन्छ भन्नेखालका कपोलकल्पित धारणाहरु जतिसुकै ठुलो स्वरले उराले पनि जनताले बुझिसकेका छन् एकाइसौ शताब्दीमा बहुदलीय प्रजातन्त्रको विकल्प छैन् ।
जनताहरुले यहि बहुदलीय प्रजातान्त्रिक प्रणालीलाई मनन गर्दै थुप्रै राजनीति दलहरू सङ काध मिलाएकै हो । जनताहरुले शासन सत्ताको चाबी नेपाली काङ्ग्रेस लाई नि दिएकै हो, एमाले लाई नि दिएकै हो,माओवादी लाई नि दिएकै हो र अहिले शक्तिशाली नेकपा लाई नि झन्डै दुई तिहाई मत दिएर धेरै आशासहित जिम्मा लगाएको हो ।
समय सापेक्ष परिवर्तन हुँदै आउने ब्यबस्था नै प्रजातन्त्र हो भन्ने कुरा जनताले नबुझेका होइनन् बुझेका छन।तर तत्कालिन समयमा आशा लाक्दो सरकार , बलियो र शक्तिशाली नेकपा पार्टी भित्रको संकटमय राजनीतिक चलखेल देख्दा सम्पुर्ण जनताहरु साच्चै निराश भएका छन् ।
देशमा रोजगारीको अवस्था नाजुक छ । ६० लाख भन्दा बढी युवाशक्ति बिदेशी भुमिमा रगत र पसिना बगाउन बाध्य छन।घरमा बुढा भएका आमा बुबा लाई चटक्कै छाडि बिदेशी भुमिमा भोको पेट लाई आहार खोजी भौतारिन बाध्य बनेका छन।रित्तो खल्ती र सपनाका सुटकेस बोकेर मुटु दरो बनाएर ,गहभरी आँसु बोकेर बिदेशीन परेका छन ।
आफ्नो जहान छोराछोरी र आफ्नो पेट भर्ने भन्दाभन्दै बाकसमा आफै भरिएर आउन पर्छ यो कस्तो बिडम्बना १आफ्नो अन्तिम स्वास सम्म स्वदेशी भुमिमा लिन नपाउँदा मन कत्ती छियाछिया होला । मेरो देशको यस्तो दर्दनाक अवस्था छ है, तर पनि देश चलाउने हरु ब्यक्तिगत स्वार्थ र दलिय खिचातानी मै रुमलिएका छन।कुन आयो जनमुखी सरकार अहिलेसम्म ?
यदि त्यस्तो सरकार आउथ्यो भने त बिदेशी भुमिमा रगत त पसिना बगाइराखेका बौद्धिक ,पौरखी ,साहसी र मिहिनेती युवाशक्तीलाई स्वदेश फर्काएर योग्यता अनुसारको रोजगारीको ब्यस्था मिलाइनु पर्नेथ्यो ।उनिहरुलाई स्वदेश फर्काएर काम दिने आट कुन नेतृत्वले सक्यो गर्नरुपुजीवाद ले सक्यो कि,समाजवाद ले सक्यो कि ,साम्यवाद ले सक्यो ?
मेरो देश आज नराम्ररी बिरामी परिसकेको छ , नेपाल आमा धुर्धुरी रोएकी छिन् । आँसु पुस्ने हिम्मत कसले सक्यो गर्ने ? अब भो सत्ताको लागि रमिता धेरै गरिसक्नु भो यहाँहरुले अब देश र जनताको लागि केही गर्नुस ,गर्न दिनुहोस । आज नेकपा भित्र को यस्तै खालको अन्तर बिरोध ले सुखी नेपाली समृद्ध नेपालको सपना ओझेलमा परिसक्यो ।
आज पुरै बिश्वनै कोरोना भाइरस (कोभिड–१९) ले थलिएको छ । विश्वभर २ करोड भन्दा बढाी मानिसहरु कोरोना संक्रमीत भएका छन् । भने लाखौंले ज्यान गुमाइसकेका छन् । नेपाल पनि यो महामारी बाट अछुतो रहेन २३ हजार संक्रमीत भइसकेका छन् । ८० भन्दा बढीले ज्यान गुमाइसके, अब झन नेपाल कोरोनाको इपिसेन्टर नै बन्ने हो कि भन्ने भयावह अवस्था देखिसकेको छ ।
यस्तो भयानक परिस्थितिमा त सबै दलहरू मिलेर जनताको जीवन रक्षाको लागि लाग्नु पर्ने होइन र ? एकताबद्ध र कार्यक्रमिक तबरले बिकास निर्माणका कामलाई गति दिदै कोरोना नियन्त्रणको लागि हिड्न पर्ने होइन ररुयस्तो संक्रमणकालिन बेलामा गुटबन्दी गरेर , सरकार लाई आफ्नै पार्टी भित्र बाट असफल बनाउने प्रयास गर्न लाज लाक्दैन ?
जनताको मत पाएर सत्तामा पुगेका हरुले , त्यही जनता को मत को अबमुल्यन गर्न अलिकती पनि हिचकिचाहट लाग्दैन ? वास्तविक तथ्य र समस्याहरुलाइ बिर्सेर,रास्ट्र र रास्ट्रियता माथी खलल पुराउने अनि सृफ सत्ताकै लागि राल चुहाएर कसरी देश को नेतृत्व लिन सक्नु हुन्छ ? आरोप प्रत्यारोपमा लागेर, गाली गर्दै हिडेर र बिरोध को लागि बिरोध मात्र गरिरहदा अन्ततः यसैबाट आफ्नै खुट्टामा बन्चरो हान्ने काम मात्र हुने हो । आज नेकपा भित्र देखिएको यो समस्याको छिटोभन्दा छिटो सल्ट्याउन सम्पूर्ण पंक्तिले आफ्नो ध्यान केन्द्रित नगरे पार्टी समाप्तीको बिन्दु (ब्ल्याक होल) भित्र पर्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस