aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

पुतलीसडकस्थित स्टाण्डर्ड कन्सल्टेन्सीमा आगोलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
पुतलीसडकस्थित स्टाण्डर्ड कन्सल्टेन्सीमा आगोलागी

काठमाडौं ।  काठमाडौंको पुतलीसडकस्थित स्टाण्डर्ड कन्सल्टेन्सीमा आगोलागी भएको छ । पुतलीसडक शेयर मार्केट्सबाट उत्तरतर्फ रहेको गणगौर मिठाई पसल रहेको भवनको माथिल्लो तल्लामा आगो लागेको हो । जुद्ध बारुण यन्त्र, बसन्तपुर दमकलका सहायक कमाण्डर नरेश राज कुँवरले ३ः१५ मा आगो नियन्त्रणमा लिएर आफूहरू त्यसस्थानबाट फर्किएको बताए । 

आगोलागीबाट सामान्य क्षति भएको छ । आगोलागीबाट कन्सल्टेन्सीका फर्चिनर लगायतका भौतिक सम्पत्ति जलेर नष्ट भएको छन् । घटनामा भएको क्षति विवरण लिने काम भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस