aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रदूषण कम गर्ने हो ? प्रयोग गर्नुहोस विद्युतीय सवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ जेठ २०७६
प्रदूषण कम गर्ने हो ? प्रयोग गर्नुहोस विद्युतीय सवारी

काठमाडौं । राधानीमा वायु प्रदूषण गर्ने प्रमुख कारक सवारीसाधन नै हुन् । छिमेकी राष्ट्र भारतको प्रदूषण हुने १३ सहरमा यूरो ४ मोडलका सवारीसाधन प्रयोग भएको झण्डै दस वर्ष भयो । २०१७ देखि त देशव्यापी रुपमा नै लागू भएको छ ।

जापान, चीनलगायत पश्चिमा राष्ट्रहरुले विद्युतीय सवारी प्रबद्र्धन गर्न जोड दिईरहेका छन् । नर्वेमा शतप्रतिशत विद्युतीय सवारी नै प्रयोगमा छन् । 

नेपालमा पनि प्रदूषण नियन्त्रणको पहिलो सर्त कम्तीमा यूरो ४ मोडलका सवारी भित्र्याउनुपर्छ । ती मोडलको सवारीका लागि उपयुक्त हुने इन्धन आयात गर्नुपर्छ । बजेटमा प्रदूषण मापदण्ड परिमार्जनको कुरा आएको छ ।

यो सकारात्मक हो तर पहिला नै निर्धारण गरिएको मापदण्डलाई कति सफलतापूर्वक लागू गर्न सक्यौं ? मूल्यांकन हुनुपर्ने वातावरणविद् भूषण तुलाधरको भनाई छ । आजको गोरखापत्र दैनिकमा खबर छ । 


 

प्रतिक्रिया दिनुहोस