aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

अब सबै अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनुपर्ने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २७ साउन २०७७
अब सबै अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनुपर्ने

काठमाडौंँ । सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पताललाई २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउने व्यवस्था गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० प्रतिशत बेड छुट्याएर हब अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन निर्देशन दिइएको जानकारी दिए । 

कोरोना उपचारका लागि तोकिएका अस्पताल हब हुन् भने अन्य अस्पताल स्याटेलाइट हुन् । उपत्यका लगायत देशभर पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो । 

स्वास्थ्य मन्त्रालयले हब र स्याटेलाइट अस्पतालका बिरामीलाई हब अस्पतालले व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस