aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लेबनानका प्रधानमन्त्री हसन दियाबले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
लेबनानका प्रधानमन्त्री हसन दियाबले दिए राजीनामा

एजेन्सी । लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको बताएका हुन् । 

उनले यसअगाडि नै राष्ट्रपति माइकल आउनलाई राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए ।  तर आधिकारिक घोषणा भने भएको थिएन ।

उनले राजीनामा दिनुभन्दा अगाडि केही मन्त्रीले राजीनामा दिइसकेका थिए । लेबनानका नागरिकले सरकारप्रति भ्रष्टाचार गरेको तथा अयोग्य भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस