aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ट्रम्पले पत्रकार सम्मेलन गर्दैगर्दा ह्वाइट हाउस अगाडि गोली चल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
ट्रम्पले पत्रकार सम्मेलन गर्दैगर्दा ह्वाइट हाउस अगाडि गोली चल्यो

एजेन्सी। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । गोली चलेपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो ।

पत्रकार भेटघाट चलिरहेकै बेला सुरक्षाकर्मीले ट्रम्पलाई बाहिर गोलि चलेको जानकारी गराएपछि उनी कार्यक्रम छाडेर बाहिरिएका थिए । फेरी ९ मिनेटपछी पुनः आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुलाई बाहिर गोली चलेको जानकारी दिए ।

समाचारहरुमा उल्लेख भए अनुसार ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो ।

ट्रम्पले पत्रकारहरुलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरुले हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका थिए । गोली लागेर ती व्यक्ति घाइते भएका छन् ।

ट्रम्पले यो घटनालाई असामान्य स्थिति भनेका छन् । यो घटनापछि ट्रम्पलाई प्रेस ब्रिफिङ रुमबाट कडा सुरक्षाका साथ निवास लगिएको थियो ।

त्यहाँ रहेका अर्थमन्त्री सहित अर्का एक उच्च पदस्थलाई समेत सुरक्षित तवरले बाहिर लागिएको बीबीसीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस