काठमाडाैं । सिटी एक्सप्रेस , नेपाल र इन्जाज साउदीद्वारा “हरेक कारोबारमा आकर्षक उपहार” योजनाको बिजेता घोषणा गरेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै इन्जाज बैंक अलि दष्बिमसँगको सहकार्यमा “हरेक कारोबारमा आकर्षक उपहार” योजना ल्याएको थियो ।
सो योजना जन्वरी ३०,२०२० देखी अप्रिल ३०, २०२० (३ महिना) सम्म चलेको थियो । जस अन्तर्गत योजना अवधि भर ४५ जना बिजेताहरुले सिटी म्याक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो ।
सोही योजना अनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् ।
यस कोभिड–१९ महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २००० साउदी रियाल प्राप्त गरेको छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरीक विप्रेषण अन्तरर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेको ८५०० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो,सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस