
अमेरिका। अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बिडेनले सांसद कमला ह्यारिसलाई उनको उप-राष्ट्रपति पदको उम्मेदवारमा मनोनीत गरेका छन्। उनी यो पदका लागि प्रतिस्पर्धा गर्ने पहिलो अश्वेत महिला हुन्। उनी इंडो-जमैकन मूलकी हुन्।
यस अघि पनि महिलालाई दुई पटक उपराष्ट्रपतिको उम्मेदवार बनाइएको थियो। सन् २००८ मा रिपब्लिकन पार्टीले सारा पालिनलाई आफ्नो उम्मेदवारका रूपमा मनोनयन गर्यो र सन् १९८४ मा डेमोक्र्याटिक पार्टीले जिराल्डिन फेरोलाई उम्मेदवार बनाएको थियो तर दुवैले चुनाव हारे।
आजसम्म अमेरिकाका दुवै ठुला पार्टीले अश्वेत महिलालाई राष्ट्रपति पदको उम्मेदवार बनाएका छैनन्। त्यसैले कुनै अमेरिकी महिलाले राष्ट्रपति पदको चुनाव जितेका छैनन् ।
क्यालिफोर्नियाकी सांसद कमला ह्यारिस कुनै समय राष्ट्रपति पदका उम्मेदवारका लागि जो बिडेनलाई चुनौती दिइरहेकी थिइन् तर जो बिडेन राष्ट्रपति पदको उमेद्द्वर बने पछि पनि उनको नामको चर्चा सदैव भइरहेको थियो।
कमला क्यालिफोर्नियाको एटर्नी जनरल हुन् र उनी पुलिस सुधारको कडा समर्थक पनि हुन् । जो बिदेनले नोभेम्बरमा रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।
बिडेनले ट्विट गरी यो जानकारी दिँदै लेखेका छन् कि उनले कमला ह्यारिसलाई आफ्नो उप-राष्ट्रपति पदको उम्मेदवारको रूपमा छनौट गर्न पाउँदा गर्व छ।बिडेनले उनलाई "एक बहादुर योद्धा र अमेरिकाको सर्वश्रेष्ठ अफसरशाह मध्ये एक" भनेर वर्णन गरेका छन् ।
बिडेनले लेखेका छन्, "मैले आफैँले देखेको छु कि कसरी उनले ठुला बैङ्कहरूलाई चुनौती दिए, कामदारहरूलाई मद्दत गरे, र महिला र बच्चाहरूलाई शोषणबाट बचाइन ।"
कमला ह्यारिसले ट्विट गरेर बिडेनलाई धन्यवाद दिँदै लेखिन् "बिदेनले अमेरिकी जनतालाई एकजुट गर्न सक्छन् किनभने उनले आफ्नो सम्पूर्ण जीवन हाम्रो लागि लड्दै आएका छन्। राष्ट्रपतिको रूपमा उनले हाम्रो आदर्शमा आधारित अमेरिका निर्माण गर्ने छन्।" ह्यारिसले अगाडी थापेकी छिन्, "म उपराष्ट्रपति पदको उम्मेदवारको रूपमा सम्मिलित हुन पाएकोमा गर्व गर्दछु र उनलाई मेरो कमान्डर-इन-चीफ (राष्ट्रपति) बनाउनको लागि जे भए पनि गर्न सक्छु।" "
को हुन् कमला ?
कमला ह्यारिसको जन्म ओकलैंड, क्यालिफोर्नियामा भएको थियो। उनका बाबुआमा प्रवासी थिए। उनकी आमाको भारतमा जन्म भएको थियो, जबकि उनको बुबा जमैकामा जन्मिएका थिए । उनले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेकी हुन् । हार्वर्ड पछि कमला ह्यारिसले क्यालिफोर्निया विश्वविद्यालयबाट कानुनको डिग्री प्राप्त गरिन् र त्यसपछि कानुनको अभ्यास गर्न थालिन् ।
उनी त्यसपछि क्यालिफोर्नियाको एटर्नी जनरल बनिन् जुन संयुक्त राज्यको सबैभन्दा ठुलो राज्य हो। उनी पहिलो महिला र पहिलो अफ्रिकी-अमेरिकी हुन् जो यो स्थानमा पुगेकी छिन् ।
कमलाको उम्मेदवारी बारे प्रतिक्रिया दिँदै ट्रम्पको निर्वाचन टोलीले भनेको छ कि कमला ह्यारिसको उमेदवारिले सङ्केत गर्छ कि बिडेन खाली बाहिरी खोल मात्र हुन् जो चरम पन्थी वामपन्थी एजेन्डाले भरिएको छ।
पूर्व राष्ट्रपति बराक ओबामा, जससँग बिडेनले आठ वर्षसम्म उपराष्ट्रपति पदमा काम गरे, उनले ट्विट गरेका छन्, "उनी यस पदका लागि पूर्ण रूपमा तयार छिन्। उनले हाम्रो संविधानलाई बचाउनको लागि आफ्नो सम्पूर्ण करिअर बिताइन् ।" ओबामाले भने, "आज हाम्रो देशको लागि राम्रो दिन हो। अब यसलाई जितौँ।"
प्रतिक्रिया दिनुहोस