
काठमाडौं । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँको शव सिस्नेरी खोलामा भेटिएको छ । सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले बताएको छ ।
दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेका पत्रकार बानियाँ पत्रकार महासंघका पूर्व सचिव समेत हुन । उनी राजनीति र सुशासनका विषयमा कलम चलाउने कुशल पत्रकार हुन । उनको स्थायी घर तनहुँ हो ।
प्रतिक्रिया दिनुहोस