
एजेन्सी। कोरोन भाइरसको संक्रमणको रोकथामको लागि गरिएको लकडाउन पछि बेलायतको आर्थिक अवस्था अत्यन्तै नाजुक बनेको छ। समाचारहरुमा उल्लेख भए अनुसार अब बेलायत अधिकारिकरुपमा आर्थीक मन्दीको चपेटामा परेको छ। यसवर्षको अप्रिल र जुनको बिचमा ब्रिटेनको अर्थव्यवस्थामा गिरावटको नयाँ रेकर्ड नै कायम भएको छ।
बेलायतको अर्थतन्त्र जनवरी - मार्चको तुलनामा अप्रिल-जूनमा २०.४ प्रतिशतले घटेको छ।
लकडाउनको समयमा पसलहरू प्रतिबन्धका कारण बन्द भएका थिए। यसैले घरेलू सामानको खपत र बिक्री पनि घटेको थियो। कारखानामा उत्पादन र निर्माणमाको क्षेत्रमा पनि गिरावट आएको छ।
यी सबै कारणहरूले बेलायत २००९ पछि पहिलो पटक आर्थिक मन्दीको दलदलमा परेको हो ।बेलायतको राष्ट्रिय तथ्यांक विभाग (ओएनएस) ले आशावादी हुदै जूनदेखि अर्थव्यवस्था पछाडि फर्कने अनुमान गरेको छ। किनभने अब लकडाउन र प्रतिबन्धहरू कम भएको छ।
बेलायतमा मन्दीको सबैभन्दा ठूलो असर भने हस्पिटालिटी क्षेत्रमा परेको बताईएको छ।
प्रतिक्रिया दिनुहोस