aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

गोंगबु हत्या काण्ड : लेनदेनसम्बन्धी कागजात फेला, नयाँ-नयाँ तथ्य भेटेकाे दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
गोंगबु हत्या काण्ड : लेनदेनसम्बन्धी कागजात फेला, नयाँ-नयाँ तथ्य भेटेकाे दावी

काठमाडौं । काठमाडौंको गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले  सार्वजनिक मंगलबार नै गरिसकेकाे छ ।

हत्यामा संलग्न चितवन कालिका नगरपालिका–७ घर भई हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

मृतक रोल्पा रुन्टीगढी गाउँपालिका ७ घर भइ हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय कृष्ण बहादुर बोहोरा थिए । मृतक बोहोरा र पौडेलबीच फेसबुकबाट चिनजान भएको खुलेको छ । पौडेल मोडलिङ क्षेत्रमा समेत काम गर्दै आएकी थिइन् ।

परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार कल्पना र कृष्णबहादुरबीच तीन वर्षदेखिको चिरपरिचित थिए । उनले भने, ‘कृष्णबहादुर समयसमयमा कल्पनाको कोठामा आउजाउ गर्थे ।’

कृष्णबहादुर र कल्पनाबीच लेनदेनसम्बन्धी कागजात पनि फेला परेकाले कृष्णबहादुरको हत्या भवितव्य नभई योजनाबद्ध भएको प्रहरीको ठम्याइ छ ।

अनुसन्धान अधिकारीहरुका अनुसार कल्पनाले पैसा तिर्न ढिलाई गरी छोरीमाथी बलात्कार प्रयास गरेको भनी मुद्दा हाल्ने धम्की पनि दिने गरेको खुलेको छ ।

केही टेली सिरियलमा समेत अभिनय गरेकी कल्पनाको काठमाडौंमा कुनै रोजगारी थिएन । अनुसन्धान अनुसार उनका श्रीमानले पनि दुई वर्षअघि देखि पैसा पठाउन छाडेका थिए ।

यतिमात्र होइन, श्रीमानसँग उनको पछिल्लो समय सम्पर्कसमेत हुन छोडेको थियो । उनले डेरा भाडासमेत एक वर्षदेखि तिरेकी थिईनन् । अनुसन्धान अधिकारीहरुले बोहराको हत्यामा यौन हिंसा मात्र नभई लेनदेन लगायतका अन्य विषय पनि जोडिएकाले सोहीअनुरूपको  अनुसन्धान अघि बढाइएको छ ।

गोंगबुमा भएको कृष्णबहादुर बोहराको हत्या अभियोगमा चितवन कालिका नगरपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) पक्राउ परिन् ।

घटनामा कक्षा १० मा पढ्ने उनकी १५ वर्षीया नाबालिक छोरी पनि पक्राउ परिन् । उनिमाथि शव व्यवस्थापनमा सघाएको र घटना थाहा पाएर पनि प्रहरीमा खबर नगरेको भन्ने आरोप छ ।

गत आइतबार बिहान टोखा नगरपालिका–१० गोंगबुमा टाउको र शरीर छुट्याइएको अवस्थामा फेला परेको बोहोराको शव फेला परेको थियो । उक्त हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका अभियुक्तबाट प्रहरीले नयाँ-नयाँ तथ्य पत्ता लगाएको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार अहिले प्रहरीले पक्राउ परेका तथा नियमित सम्पर्कमा रहेका एम्बुलेन्स चालकलाई समेत घटनाको विषयमा केरकार गरिरहेको छ ।

एसएसपी ज्ञवाली भन्छन्, ‘अहिले कल्पना सँगै पक्राउ परेका एम्बुलेन्स चालकलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं । तर उनले कल्पनासँग नियमित सम्पर्क रहे पनि हत्याबारे थाहा नभएको र माइत लगिदिनु भनेपछि लिएर गएको बताएका छन् ।’

एसएसपी ज्ञवालीका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट एम्बुलेन्स चालकको संलग्नता छ या छैन्न भन्ने विषयमा अझै पनि एकीन खुल्न सकेको छैन ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार कल्पनाको थुप्रै ट्याक्सी चालकहरुसँग पनि सम्बन्ध रहेको देखिएको छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनको केही ट्याक्सी चालकहरुसँग पनि नियमित जसो सम्पर्क देखिएको छ, त्यसैले हामीले घटनाको अनुसन्धान त्यता पनि मोडेका छौं ।’

यसलाई हेर्दा बोहराको हत्यामा कल्पना एक्लैमात्र नभएर अरुको पनि संलग्नता हुनसक्ने भन्दै त्यसर्फ अनुसन्धान थालिएको छ ।

ती अनुसन्धान अधिकारीका अनुसार कल्पनाको अन्य ट्याक्सी चालकहरुसँग पनि सम्बन्ध रहेको र उनिहरुसँग भएका बेला कृष्णबहादुर कल्पनाको कोठामा गई छोरीमाथि दूर्ब्यबहार गरेकोसमेत बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस