
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ड्रागन एयरको उडानद्वारा हङकङ जान लागेकी वर्ष ६९ की क्यानडियन नागरिकको ब्याग स्क्यान गर्दा अवैध विदेशी मु्द्रा भेएिको प्रहरीले जनाएको छ ।
प्रहरीले यही जेष्ठ १७ गते बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ड्रागन एयरको उडानद्वारा हङकङ जान लागेकी क्यानडियन नागरिकJEANNIA ME GAW लाई विमानस्थलको HAND BAGGAG एक्सरेमा चेकजाँच गर्ने क्रममा सानो सुटकेश व्यागमा उक्त अवैध रकम भेटिएको हो ।
उक्त व्यागमा भित्र राखी अवैध रूपमा लैजान लागेको अवस्थामा ग्क् डलर २० हजार ६ सय ३०,नेपाली रूपैयाँ १० हजार, हङकङ डलर १४ सय २०,चाइनिज यन १ हजार ५० सहित निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस