aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

पत्रकार बलराम बानियाँको रहस्यमय मृत्युको छानविन गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
पत्रकार बलराम बानियाँको रहस्यमय मृत्युको छानविन गर्न माग

काठमाडौं । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँको रहस्यमय रुपमा भएको मृत्युको निष्पक्ष छानविन गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार बानिया शव मृत अबस्थामा हेटौडाको सिस्नेरी खोलामा भेटिएको थियो । सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले बताएको छ । 

बुधबार नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै बानियाँको रहस्यमय मृत्युकोे विषयमा निष्पक्ष छानविन गर्न  माग गरको हो । तनहुँ स्थायी घर भएका बानियाँले दुई दशकसम्म नेपालको पत्रकारितामा निरन्तर कलम चलाएका छन । उनी नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सचिव समेत भएका थिए ।  


 

प्रतिक्रिया दिनुहोस