aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

आजदेखि सवारी पास वितरण बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
आजदेखि सवारी पास वितरण बन्द

काठमाडौं । आजदेखि सवारी पास वितरण बन्द गरिएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आजदेखि सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो । बुधबार सूचना जारी गरि मन्त्रालयले बिहिबारबाट लागू हुने गरी सवारी पास वितरण बन्द गर्ने निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्ने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस