aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

सूचना विभाग बन्द, प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
सूचना विभाग बन्द, प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित

काठमाडौं ।सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको छ । विभागले बुधबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण स्थगन गरेको जनाएको हो ।  

‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । विभागले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजूरी र सोसम्बन्धी कामलाई भने निरन्तरता दिने भएको छ । 

प्रतिक्रिया दिनुहोस