aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भन्दाभन्दै चुके प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
भन्दाभन्दै चुके प्रधानमन्त्री

काठमाडौं । उच्च नेतृत्वलाई राजनीतिक प्रभावमा पार्दा वा सही सन्देश नदिँदाको परिणाम कस्तो हुन्छ भन्ने पुष्टि पोखरास्थित होटल उद्घाटनको कार्यक्रमबाट भएको छ । शनिवार होटल उद्घाटन गर्न पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओली नराम्रोसँग चुके । सो घटनालाई धेरैले कच्चा शैली भनेर टिप्पणी गरे । 

प्रधानमन्त्री ओली शनिवार होटल उद्घाटन, स्काउट सम्मेलन र रवीन्द्र अधिकारी प्रतिष्ठान घोषणामा सहभागी हुने कार्यक्रम थियो । उनको पहिलो कार्यक्रम लेकसाइडस्थित स्विस इन्टरनेसनल होटल सरोवर उद्घाटन गर्ने थियो ।

लगत्तै स्काउट र अन्तिममा प्रतिष्ठनको कार्यक्रममा सहभागी हुने तालिका थियो । यो होटल भवन बनेदेखि नै पोखरामा मापदण्डविपरीत भन्दै चर्चा बढेको थियो । होटलका सञ्चालन प्राध्यापक भरतराज पहारी हुन् ।

उनी पोखरा महानगरपालिकाको मापदण्ड निर्धारण समितिका संयोजक पनि हुन् । मापदण्ड निर्धारण समितिका पदाधिकारीले नै त्यसरी होटल बनाएको भन्दै आलोचना हुँदै आएको थियो । त्यही होटलका उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि आलोचना झन चर्को रुप लिएको थियो । आलोचना हुँदाहुँदै प्रधानमन्त्री होटल उद्घाटन गर्न आएका थिए । नागरिक दैनिकमा खबर छ । 


 

 

प्रतिक्रिया दिनुहोस