aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतमा करबारे मोदीले गरे नयाँ घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
भारतमा करबारे मोदीले गरे नयाँ घोषणा

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहिबार एक सम्बोधन मार्फत इमान्दार कर दाताका लागि सम्मान गर्ने प्लेटफर्म सार्वजनिक गरेका छन् । भारतमा जारी परम्परागत कर प्रणालीमा नयाँ सुधारको सिलसिला शुरु भएको उनले सो अवसरमा बताए । 

मोदीले भने, ‘जब देशका इमान्दा करदाताहरुको जीवन सहज बन्छ, उनीहरु अगाडी बढ्छन् ।यसबाट देशमा विकास हुन्छ, देश पनि अगाडी बढ्छ ।’ 

सार्वजनिक गरिएको नयाँ प्लेटफर्मका विशेषताबारे उनले अगाडी भने, ‘यसबाट कर सम्बन्धि मुख्य ३ कुरामा सुधार हुन्छ– फेसलेस एसिस्मेन्ट, फेसलेस अपिल र ट्याक्सपेयर चार्टर । 

मोदीले भारतको कर प्रणालीलाई निर्वाध, सहज र भौतिक उपस्थित बिना नै सञ्चालन हुन सक्ने बनाएको समेत बताए । अब भारतमा करदाताहरुले कर प्रसारणका अधिकारीहरुबाट अनावश्यक दुख पाउने छैनन । न त कर्मचारीले उल्झाउन नै सक्नेछन् । 

हालसम्म जुन सहरमा कारोबार भइरहेको थियो त्यहि सहरको कर कार्यालयले मात्र त्यहाँको भूमिका निर्वाह गर्दै आएकोमा त्यसको अन्त्य भएको छ । 

प्रतिक्रिया दिनुहोस