काठमाडौं । स्थानीय तहमा वडाअध्यक्षको तलब भत्तामा राज्यले ठूलो रकम खर्च गरिरहेको छ । वडाअध्यक्षको मासिक सुविधाका लागि राज्यले वार्षिक एक अर्ब ५९ करोड रुपैयाँ खर्चिनुपर्छ । महानगरपालिकादेखि गाउँपालिकासम्म कुल ६ हजार सात सय ४३ वडा छन् । हरेक वडासदस्यले मासिक न्यूनतम ६ हजार पाँच सय देखि २५ हजारसम्म सुविधा लिने गरेका छन् ।
उनीहरुले लिने विभिन्न शीर्षकको भत्ता यसमा जोडिएको छैन् । प्रदेश तहका जनप्रतिनिधिको तलबमा मात्रै वार्षिक झण्डै ३५ करोड खर्च हुन्छ । यो सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, र सांसदको तलबमा हुने खर्च मात्र हो ।
प्रदेशपिच्छेका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सु्विधासम्बन्धी ऐन र प्रदेश सभाको पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा तोकिएको पारिश्रमिकका आधारमा यो तथ्यांक देखिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस