
भैरहवा । नेपाल सरकारका मातहतका सबै अस्पतालहरुमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने निति अनुरुप नेपालका अधिकाँश अस्पतालहरुले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अनुरुप अस्पतालको आफ्नै फार्मेसी सेवा सञ्चालनमा पनि ल्याए । त्यसै अनुरुप भैरहवाको भिम अस्पताल ले पनि गत २०७६ कार्तिक ८ गते २४ घण्टे फार्मेसी सेवा को सुरुवात गर्यो ।
सुरुवाती अवस्थामा औषधीहरु आफ्नै फार्मेसीबाट विरामीहरुलाई उपलब्ध गराए पनि ९ महिनाको समयमा नै भिम अस्पतालको फार्मेसीबाट चिकित्सकले लेखेका अधिकाँश औषधीहरु पाईदैन । विरामीहरु निजी मेडिकल हलबाट नै औषधी किन्न बाध्य भएका छन । फार्मेसी सञ्चालनगर्दा विरामीलाई बढी मुल्य तिर्नुपर्ने र अन्यत्र भौतारिनु पर्ने समस्या समाधान गर्ने भनेका अस्पतालका मे.सु.लाई अस्पतालमा आउने विारामी लाई औषधी किन्नको लासिग समस्या छ छैन भन्नेमा नै अनविज्ञ छन् ।
अर्को तर्फ औषधी ऐन २०३५ अनुसार औषधी विक्री वितरण गर्दा फार्मासिष्ट वा सहायक फार्मासिष्टबाट मात्र गराउनु पर्ने व्यवस्थालाई समेत मे.सु.ले लत्याएर फार्मेसी जस्तो संबेदनशिल फाँटमा एक अहेव लाई फार्मेसी सहायकको पदमा नियुक्त गरि काममा लगाएका छन् ।
भिम अस्पतालले अ.हे.व. रविन्द्र यादवलाई फार्मेसी सहायकका रुपमा काम गर्न नियुक्त गरेको हो । फार्मेसी सेवा सञ्चालन गर्दा कम्तिमा पनि फार्मेसी विषयमा डिप्लोमा गरेको व्यक्तिलाई औषधी विक्री वितरण गर्ने अख्तियारी निर्देशिकाले दिएको छ ।
नेपाल फार्मेसी काउन्सीलका रजिष्ट्रार संजिव कुमार पाण्डेका अनुसार नेपाल फार्मेसी काउन्सीलमा दर्ता भएका फर्मासिष्ट र सहायक फार्मासिष्टले मात्र औषधी विक्रि वितरण गर्न पाउने व्यवस्था रहेको बताउछन । उनले यस अगाडी सरकारी स्तर बाट ओरियन्टेशन कोर्स गरेका व्यक्तिलाई पनि सरकारले औषधी वितरण गर्ने अनुमति दिएको स्पष्ट पारे ।
अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा १ सय शैयाभन्दा माथिका अस्पतालमा तीनजना फर्मासिस्ट, ६ जना फार्मेसी सहायक र दुईजना सहयोगी राख्नुपर्ने व्यवस्था छ । यस्तै, २६ शय्यादेखि ५० शय्यासम्मका अस्पतालमा १ जना फर्मासिस्ट, दुईजना फार्मेसी सहायक र १ जना सहयोगी हुनुपर्ने उल्लेख छ । यस्तै, निर्देशिकामा १५ देखि २५ शैया सम्मका अस्पतालमा २ जना फार्मेसी सहायक र १ जना सहयोगी हुनुपर्ने व्यवस्था छ । तर,निर्देशिकामा उल्लेख भएका कुनै पनि मापदण्डको भिम अस्पतालले कार्यान्वयन गरेको छैन ।
प्रतिक्रिया दिनुहोस