
काठमाडौं । प्रविधि क्षेत्रका आफ्नो नाम स्थापित गरिसकेका जुम्ल्याहा दाजुभाइ राम लक्ष्मण रिमालले विकास गरेको भिडभाडमा समेत कोभिडको ज्वरो नाप्न सकिने थर्मोग्राफिक क्यामेरालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ९एनएचआरसी० ले प्रमाणीकरण गरेको छ । उनीहरूले विकास गरको क्यामरालाई परिषदले अनुसन्धानबाट योग्य प्रमाणित गरेको हो ।
परिषद्ले बिरामीहरुको तापमान रेकर्ड गर्ने थर्मोग्राफिक क्यामेरा, थर्मोमिटर गन र डिजिटल क्लिनिक थर्मोमिटरबीच तुलनात्मक अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानले थर्मल गन र क्लिनिकल थर्मोमिटरभन्दा पनि थर्मोग्राफिक क्यामेराले सही नतिजा दिएको प्रमाणित गरेको छ ।
थर्मोग्राफिक क्यामेरा र डिजिटल क्लिनिक थर्मोमिटरबीच ०।००४० मिनको फरक हुन्छ । त्यस्तै थर्मोमिटर गन र डिजिट क्लिनिक थर्मोमिटरबीच ०।०६६७ मिनको फरक देखिएको छ । अनुसन्धानले डिजिटल क्लिनिक थर्मोमिटरभन्दा राम लक्ष्मणले विकास गरेको थर्मोग्राफिक क्यामेरा सेवाग्राहीहरूको ज्वरो र शारीरिक तापमान मापन गर्न अझ बढी एक्युरेट ९वास्तविक० रहेको अध्ययन प्रतिवेदनको देखाएको छ ।
अनुसन्धानको क्रममा राम लक्ष्मणको थर्मोग्राफिक क्यामेराले तीन देखि छ मिटरको दुरीबाट सहभागीहरूको अनुहार र घाँटीको तस्वीरबाट तापक्रम नापिएको थियो । राम लक्ष्मणले विकास गरेको थर्मोग्राफिक क्यामेराको स्ट्याण्डर्ड डेभियसन १.२२ रहेको छ । जहाँ थर्मल गनको स्ट्याण्डर्ड डेभियसन १।२७ र क्लिनिकल थर्मोमिटरको स्ट्याण्डर्ड डेभियसन १.२३ पाइएको छ ।
प्रतिक्रिया दिनुहोस