काठमाडौं । सुन पसलबाट विभिन्न सुनका गरगहनाहरु चोरी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । का.म.न.पा. ३१ नयाँ वानेश्वर बस्ने रमिता रन्जित श्रेष्ठको जाहेरीका आधारमा अनुसार जिल्ला झापा शान्तीनगर वडा नं. ६ घर भई हाल का.म.न.पा. ३१ नयाँ वानेश्वर बस्ने बर्ष २९ कि शारदा मगरलई प्रहरीले पक्राउ गरेको हो ।
मगरले ४ लाख ३ ६ हजार रकम बराबरका विभिन्न गहना चोरी गरेको प्रहरीले जनाएको छ । सुनका गरगहनाहरु विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको आरोपमा मगरलाई बुधबार ज्ञानेश्वर बाट प्रकाउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।
मगरले सुनको सिक्री डेढ तोला थान –१, सुनको लकेट ५४ लालको थान– १, सुनको ब्रासलेट १ तोला ५२ लालको थान – १, हिराको औठी थान –१ र सुनको औठी ३५ लालको थान – १ चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस