aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आरती स्ट्रिप्सका ५१ कामदारमा कोरोना संक्रमण, अधिकांश संक्रमित भारतीय नागरिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
आरती स्ट्रिप्सका ५१ कामदारमा कोरोना संक्रमण, अधिकांश संक्रमित भारतीय नागरिक

विराटनगर । कोरोना संक्रमणको केन्द्र बनेको मोरङको बिराटनगर नजिकै रहेको बुढीगंगा गाउँपालिकामा अवस्थित आरती स्ट्रिप्स प्रालीमा ठुलो संख्यामा कोरोना संक्रमित कामदार फेलापरेको छ। बिहीबार २१ जना कामदारमा संक्रमण देखिएसँगै उद्योगमा काम गर्ने कर्मचारी तथा मजदुरको संख्या ५१ पुगेको हो ।

स्थानीय स्रोतका अनुसार बिहीबारसम्म उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएकोमा ५१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको खुलेको छ। संक्रमण पुष्टि भएका केही कर्मचारी होम आइसोलेसनमा छन् भने अन्यलाई उद्योगभित्रै राखिएको छ । 

स्रोतका अनुसार संक्रमण पुष्टि भएकामध्ये दुई जना फरार छन् । उनीहरु पनि भारतीय नागरिक भएको हुनाले भारत गएको आशंका गरिएको छ ।

कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको सो उद्योगमा काम गर्ने अधिकांश कामदार भारतीय नागरिक छन् । लकडाउनमा पनि उद्योग सञ्चालनमा थियो । सो उद्योगमा करिब पाँच सय कामदार कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस