![लिदी पहिरो : बेपत्ता हुने ३६ जना [नामावलीसहित]](/uploads/media/घ_20200814132352.jpg)
सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ गोल्चे, सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान गएको पहिरोमा परेर बेपत्ता भएकाहरुको परिचय खुलेको छ । पहिरोमा परेकाहरुमध्ये थप ३९ जनाको उद्धार पनि गरिएको छ ।
बेपत्ता हुनेहरुमा विक्रम दोङ, भीमदास दोङ, डेमाछिरिङ दोङ, रुपलाल दोङ, प्रकाश, अमृत, जयबहादुर दोङ, रेशमबहादुर दोङ, इन्द्र दोङ, डोल्मा छिरिङ, जुनबहादुर दोङ, बाङची लामा, युवराज दोङ, साङवा दोङ र दावा आल्बो दोङ रहेका छन् ।
यस्तै, रामकुमार दोङ, इमान दोङ, जम्पाद दोङ, जीताई लामा, इसुरे दोङ, हिरा भक्ति, अम्वा दोङ, दौलत लामा, साङवा दोङ, दोर्जे दोङ, बलबहादुर दोङ, सानु दोङ, ब्यावरानी दोङ, कान्छा दोङ, सोमपाल दोङ, निसमाई दोङ, जुनलाल दोङ, टिकमाई दोङ र छिरिङ दोङ लगायत बेपत्ता भएका छन् ।
उक्त पहिरोमा गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ । सेनाको टोलीले हेलिकप्टरबाट उनीहरूको उद्धार गरेको हो ।
घाइतेहरूलाई चौतारास्थित जिल्ला अस्पताल ल्याएर उपचार गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्ला समन्वय समितिको अगुवाइमा उद्धारका लागि हेलिकप्टर पठाइएको उनले जानकारी दिए ।
‘पहिरो अझै झरिरहेकाले सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्, यकिन तंथ्याक र क्षति विवरण आइसकेको छैन,’ उनले भने । पहिरोबाट निकालिएका गम्भीर घाइते ५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ, घाइतेको उद्धार कार्य गरिँदै छ,’ उनले भने । सुउनका अनुसार १३ घर पुरिएकोमा पाँच घरका स्थानीय सम्पर्कविहीन छन् ।
प्रतिक्रिया दिनुहोस