काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा हिमालयन डिष्टिलरीको खुद नाफा घटेको छ ।
अघिल्लो वर्षको चौथो त्रैमाससम्मको भन्दा गत वर्ष कम्पनीको नाफामा १३ प्रतिशत कमि आएको हो । अघिल्लो वर्ष सो अवधिसम्म रू. ५३ करोड ७० लाख ४२ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. ४६ करोड ६० लाख ९० हजार यो नाफा गरेको हो ।
अघिल्लो वर्ष रू. ३ अर्ब १२ करोड ८९ लाख ५ हजार बस्तु विक्रीबाट आम्दानी गरेको यो कम्पनीले गत वर्ष रू. २ अर्ब ३४ करोड ३ लाख ८९ हजार आम्दानी गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष २५ प्रतिशत कम बस्तु विक्रीबाट आम्दानी भएको हो । ५० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ५७ करोड ८४ लाख ६८ हजार पु¥याएको छ । कम्पनीको जगेडा कोष रकम रू. ६७ करोड ५२ लाख ७० हजार रहेको छ ।
यस कम्पनीले रू. १५ करोड ३ लाख ९५ हजार कर्जा सापटी लिएको छ । कर्जा सापटी रकम भने अघिल्लो वर्षको भन्दा कम रहेको छ । अघिल्लो वर्ष यो रकम रू. १६ करोड २७ लाख १० हजार रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८० दशमलव ५७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २१६ दशमलव ७३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस