aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

ग्लोकल आफ्टर स्कुलद्वारा दक्षिण एसियाली युवा महोत्सव २०२० को आयोजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
ग्लोकल आफ्टर स्कुलद्वारा दक्षिण एसियाली युवा महोत्सव २०२० को आयोजना

काठमाडौं । ग्लोकल आफ्टर स्कुल, ९ग्लोकल प्रा.लि को एक अङ्ग० शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्थाले अगस्ट १२ गते अन्तराष्ट्रिय युवा दिवसलाई लक्षित गरेर दक्षिण एसियाली युवा महोत्सव २०२० आयोजनाको घोषणा गरेको छ ।

आयोजकका अनुसार यो ३ हप्ते लामो महोत्सव अगस्ट १२ गते सुरु हुनेछ भने उक्त महोत्सव बिभिन्न प्रतियोगिताका बिजेताहरुको घोषणा सगै सेप्टेम्बर ३ तारिकका दिन समापन हुनेछ । 

सहभागिताका लागि आबेदन भने १२ अगस्ट २०२० वाटै शुरु भएको छ । यो कार्यक्रम बिभिन्न दक्षिण एशियाली संस्थाहरुको समयोजनमा गर्न लागेको जनाएको ।

उक्त संस्थाले बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न  र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस