aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको विशिष्ट सदस्य बन्न १ लाख शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको विशिष्ट सदस्य बन्न १ लाख शुल्क

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । स्मृति प्रतिष्ठानको अध्यक्षमा अधिकारी पत्नी विद्या भट्टराई छिन् । त्यस्तै उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्य रहेका छन्।

यसको घोषणा शनिवार पोखरामा एक कार्यक्रमको आयोजना गरेर भएको छ । जसको प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका थिए । साथै सरकारले प्रतिष्ठानलाई १ करोड दिने भएको छ । 

प्रतिष्ठानको लागि तीन प्रकारको सदस्य तोकिएको छ । जसमा साधारण, आजीवन र विशिष्ठ रहेका छन् । साधारण सदस्यका लागि रु पाँच सय, आजीवन सदस्यका लागि रु पाँच हजार तथा विशिष्ट सदस्यका लागि रु एक लाख शुल्क लाग्ने प्रतिष्ठानले जनाएको छ । 

गत फागुन १५ गते ताप्लेजुङको तारेढुंगा भीरमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो । 
 

प्रतिक्रिया दिनुहोस