aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भण्डार नहुँदा डिजेल प्रतिलिटर २० रुपयाँ महँगो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
भण्डार नहुँदा डिजेल प्रतिलिटर २० रुपयाँ महँगो

कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन् । 

अढाइ सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर्नुपर्दा व्यवसायीलाई झन्झट छ भने उपभोक्ता महँगोमा पेट्रोलियम पदार्थ किन्न वाध्य छन् । बमले पेट्रोल प्रतिलिटर एक सय २५ रुपैयाँ र डिजेल एक सय १० रुपैयाँमा बिक्री गरिरहेको बताए ।

निगमको नेपालगञ्ज डिपोमा पेट्रोल लिटरको एक सय नौ रुपैयाँ ५० पैसा र डिजेल मूल्य ९७ रुपैयाँ पर्छ । कालीकोटमा नेपालगन्जभन्दा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ५० पैसा, डिजेल २० रुपैयाँ महँगो छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस