aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

बुढानीलकण्ठमा पाँचभन्दा बढी भेला हुन प्रतिबन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ साउन २०७७
बुढानीलकण्ठमा पाँचभन्दा बढी भेला हुन प्रतिबन्ध

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको जनाउँदै यही साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो ।

त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व र  फुटपाथ व्यापार गर्न तथा भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताए । समितिले  नगरपालिकाले कोरोना रोकथामका लागि निकालेको सूचना पालना गराउन वडालाई आग्रहसमेत गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस