aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सहिदका नाममा पक्राउ पुर्जी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
सहिदका नाममा पक्राउ पुर्जी

दोलखा । १० वर्षे माओवादी द्वन्द्व समाधान भएको १२ वर्षपछि द्वन्द्वकालिन मुद्दा ब्युँतिन थालेका छन् । २५ वर्षअघिका मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गर्न थालेको हो । 

तत्कालीन युद्धरत पार्टी शान्तिपूर्ण राजनीतिमा आएर पनि एमालेसँग एकीकरण भइसकेको छ । तर युद्धमा नै मारिएका तत्कालीन माओवादी नेता (सहिद) का नाममा समेत जिल्ला अदालत दोलखाले पक्राउ पूर्जी जारी गर्न थालेको हो ।

केही दिनअघि प्रहरी सत्तारुढ नेकपाकै नेताहरु (तत्कालिन माओवादी नेता) हरुको घरघरमा तामेल गर्न पुगेका छन् । नेकपा केन्द्रीय सदस्यहरु गंगा कार्की, शंकर लामा र सहिद रीतबहादुर खड्काको नाममा अदालतले पूर्जी कोटेको छ । खरखजना चोरी मुद्दामा उनीहरुलाई अदालतले पक्राउका लागि आदेश गरेको हो । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस