aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

हजार डलर पर्ने ड्रोन चिलले खसालेपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
हजार डलर पर्ने ड्रोन चिलले खसालेपछि...

वासिङटन । मिचिगनमा चीलले १६२ फीटमाथि उडिरहेको सरकारी ड्रोन खसालेको छ ।

उक्त चराले ९९५ डलरको फान्टन फोर प्रो एडभान्स क्वोडकप्टर खसालेको हो ।

वातावरणीय गुणस्तर विश्लेषक र ड्रोन पाइलट किङले मिचिगनको माथिल्लो पेनिन्सुलामा तटिय क्षेत्रको क्षयीकरणको मापन गरिरहेको समयमा उक्त घटना भएको हो ।

७ मिनेटको उडान पुरा गरेपछि रिसेप्सन समस्या आएको थियो ।

उनले उक्त संयन्त्रलाई फिर्ता लिनका लागि बटम दबाएका थिए र उक्त ड्रोन फर्किएको थियो । तर चीलले मध्ये उडानको समयमा आक्रमण गरेपछि ड्रोन अनियन्त्रित भएको थियो ।

उक्त ड्रोनले ३.५ सेकेन्डको अवधिमा २७ चेतावनी नोटिफिकेसन पठाएको थियो ।
 

प्रतिक्रिया दिनुहोस