aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

डोनाल्ड ट्रम्पका भाइको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
डोनाल्ड ट्रम्पका भाइको निधन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको आइतबार बिहान निधन भएको छ । केही दिनदेखी गम्भीर बिरामी परेका रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा आइतबार निधन भएको बीबीसीले जनाएको छ । 

उनी न्युयोर्कको एक अस्पतालमा भर्ना भएका थिए । आफ्ना भाईको निधन भएपछि ट्रम्पले दुख व्यक्त गरेका छन् । उनले भाईको निधनमा दुःख व्यक्त गर्दै भाई आफ्नो भाइमात्र नभई मिल्ने साथी भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

उनी केका बिरामी थिए भन्ने बारे खुलाइएको छैन । उनले डोनाल्ड ट्रम्पको घर जग्गा लगानीहरूको व्यवस्थापनको काम गर्ने गर्थे । 

प्रतिक्रिया दिनुहोस