
एजेन्सी । अमेरिका र चीनको राजनीतिक दुश्मनी बढ्दैछ । अमेरिकाबाट टिकटक एप हटाउने निर्णय टुंगोमा नपुग्दै राष्ट्रपति ट्रम्प अब अनलाइन व्यापारको बादशाह अलि बाबा माथि खनिन थालेका छन् । पत्रकार सम्मेलनमा जब राष्ट्रपति ट्रम्पलाई अलिबाबा जस्ता अन्य चिनियाँ कम्पनीहरूमा प्रतिबन्धको तयारी गरिरहेको छ भनेर सोधिएको प्रश्नमा उनले विचार गरिरहेको बताएका छन् ।
अमेरिका र चीनबीच चलिरहेको द्वन्द्वको बीचमा अमेरिकाले टिकटक चलाउने कम्पनी बिट्ट्डन्सलाई ९० दिन भित्र अमेरिकाबाट आफ्नो सञ्चालन फिर्ता लिन आग्रह गरिसकेको छ । अब अलीबाबामा प्रतिबन्धको तयारी यस प्रकरणमा दोस्रो प्रकरण हो ।
यी प्रतिबन्धहरूको पछाडि अमेरिकाले तर्क भने चिनियाँ कम्पनीहरूले व्यापार गरिरहेका नागरिकका व्यक्तिगत डेटाकाबारे चिन्तित छ । चीनले आरोप लगाएको उनीहरूले यो विशाल डाटा गैर व्यापारिक प्रयोगको लागि प्रयोग गरिरहेका छैन्। यो मुद्दा अमेरिका र चीनबीच लामो समयदेखि चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस