aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अमेरिकी कालाहरूको त्यो माग जसले गरायो गोराको निदहराम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
अमेरिकी कालाहरूको त्यो माग जसले गरायो गोराको निदहराम

अमेरिकाका काला मानिसहरू अहिले आन्दोलनमा छन् । एक काला मानिसको पुलिसले हत्या गरेपछि शुरु भएको आन्दोलनले अमेरिकी जनजीवनलाई नै अस्तव्यस्त पारेको छ । 

त्यहाँका दर्जनौँ सहरहरुमा कर्फ्यु नै लगाउनु पर्ने गरी भएको सो आन्दोलन अहिलेसम्म रोकिने छाँट देखिँदैन । अझ उनीहरूका मागहरू हेर्दा त पछिल्लो आन्दोलनले अमेरिकी समाजलाई कुन हालतमा पुर्‍याउला भन्ने चिन्तासमेत बढेको छ ।  

पछिल्लो दिन एउटा यस्तो भिडियो सार्वजनिक भएको छ जसमा आन्दोलनकारी कालाहरूको एउटा ठुलो जमातले एक गोरा मानिसहरूको घर अगाडी उभिएर तुरुन्तै घर छोडेर अन्यत्र जान र काला मानिसका लागि सो घर सुम्पिन आदेश दिइरहेका छन् । 

भिडियोमा देखिएको छ, काला मानिसहरूको हुलले रंगभेदको समस्या सुल्झाउन गोरा घरवालालाई सम्पूर्ण सम्पत्ति सुम्पिएर त्यहाँबाट अन्यत्र जान भनिरहेका छन् । एक जना पुरुषले भनेका छन्, ‘एतिहासिकरुपमा कालाहरूको छिमेक बनेर तिमिले बस्न मिल्दैन । घर छोडेर तुरुन्त गइहाल ।’ 

उनको आरोप छ, ‘तिमी गोराहरूले काला मानिसहरूबाट बजार मूल्यभन्दा सस्तोमा घर र जग्गा किनेर हामी अफ्रिकन अमेरिकनहरूलाई नै यहाँबाट विस्थापित गरेका हौँ ।’ उनी अगाडी भन्छन्, ‘के तिमिलाई थाहा छ ? यदि थाहा छैन भने अब यसबारे सुन’ तुरुन्तै अर्काले भनेका छन्, ‘अब तिम्रो थैली खोल्ने बेला भयो ।’

उनीहरूले ठाडै मागेका छन्, ‘ काला मानिसहरूलाई तिम्रो घर फिर्ता देऊ, तिमी आनन्दले बसिरहेका छौँ....... । म तिम्रै छिमेकमा घर निकाला भएर बसेको छु । मेरा परिवार विस्थापित छ । अनि, ती चाहिँ आफ्ना गोरा साथीहरूसँग आनन्दले रमाइलो गर्दै बस्ने ?’ 

कालाहरूको यो माग सुन्न नसकेर घरपतिले घरका सबै बत्ती निभाउँछन् । अनि, मात्र भिड अर्कोतिर लाग्छ । 

हुन त, कालाहरूको यो माग नयाँ होइन । सन २०१७ मा नै कालाहरूकी नेता चानेली हेलेमले लिखितरुपमै पेस गरेको मागपत्रमा गोराहरूले गरिब काला तथा खैरा मानिसहरूको लागि उनीहरुको सम्पत्ति सुम्पिनु पर्ने र आफूसँग भएको पैसाको केही हिस्सा कालाहरूको जीवनको लागि महिनैपिच्छे दिनुपर्ने उल्लेख गरिएको थियो । 

हेर्नुस् भिडियो

https://www.youtube.com/watch?v=WFrZJyggwgE&feature=youtu.be

 
 
 

 

प्रतिक्रिया दिनुहोस