aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

कस्तो छ आजको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
कस्तो छ आजको मौसम ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा र प्रदेश १ तथा वाग्मती प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो । 

मौसमविद्का अनुसार अरु ठाउँमा भने सामान्यतया बदली रही केही ठाउँहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना छ । 

ठूलो पानी पर्नसक्ने सम्भावना देखिएको ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने र पानीको निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस