aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मन्त्रीमण्डल हेरफेर गर्ने तयारीमा सरकार, को को बन्लान् नयाँ मन्त्री ? रहलान् त अर्थमन्त्री !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
मन्त्रीमण्डल हेरफेर गर्ने तयारीमा सरकार, को को बन्लान् नयाँ मन्त्री ? रहलान् त अर्थमन्त्री !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नयाँ मन्त्रीमण्डल गठन तयारीमा जुटेका छन् ।  सत्ता सन्तुलन गर्न नयाँ मन्त्री मण्डल गठन गर्ने तयारीमा प्रम ओली जुटेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीभित्र देखा परेको विवाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

 कार्यदल गठन भएको र पहिलेदेखि नै एक व्यक्ति एक जिम्मेवारीको विषय उठाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालको माग सम्बोधन तथा शक्ति सन्तुलन गर्न केही मन्त्रीहरू हेरफेर गर्ने तयारीमा ओली जुटेका हुन् ।  नेकपाभित्र जिम्मेवारी हेरफेर गरेर जानुपर्ने आवाज नेकपाको सचिवालयमा धेरै पहिलेदेखि नै उठ्दै आएकाले त्यसको सन्तुलन मिलाउन समेत मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने धेरैको अनुमान छ । 

दुई अध्यक्षबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधामन्त्री एक पदमामात्र बस्ने तथा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुनेगरी सहमतिको खाका बनाउने विषयमा दुई अध्यक्षबीच सहमति भैसकेका छ । यसले पनि मन्त्रीहरुको हेरफेर हुने निश्चित देखिएको छ । शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने गरी पहिलो खाका बन्नेछ । 

एक मन्त्रीका अनुसार २ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ । भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई अब मन्त्री बन्ने मौका मिल्ने बुझिएको छ । मन्त्रीकाअनुसार हालका मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल, वर्षमान पुन, शक्ति बस्नेत भने फेरवदलका क्रममा पनि रहिरहने सूचीमा पर्नेछन् । नेकपाभित्र भएको यस्तो गृहकार्यले अर्थ, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाको पद पनि धरापमा परेको छ । 
 

प्रतिक्रिया दिनुहोस