
काठमाडौंको सडक धूलोमुक्त बनाउन मंगलबारदेखि काठमाडौं महानगरपालिकाले पाँच वटा ब्रुमर सञ्चालनमा ल्याएको काठमाडाैं महानगरपालिकाले चाइनाबाट २ वटा ब्रुमर नेपाल ल्याउने भएका छन्।
उक्त ब्रुमर चाइनाको छिन्जु सिटीले काठमाडौं महानगरपालिकालाई अनुदानमा दिन लागेको हो। अनुदानमा दिइएका ब्रुमर काठमाडौं आइपुग्न ७ देखि १० दिन लाग्ने महानगरपालिका सहरी व्यवस्थापन प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।
ब्रुमरले सफा गर्दा सडकको धूलो ब्रुमरमै जम्मा हुने र सो फोहोर टेकुको डम्पिङ साइटमा लगेर फालिने भएकाले यसले बातावरण सफा रहने कुँवरले बताए। ब्रुमरको काम गर्ने क्षमता, कामको गति भने ब्रुमर नेपाल आइपुगेपछि मात्र थाहा हुने उनको भनाइ छ।
हाल महानगरले ४ वटा ठूला र एउटा सानो गरि ५ वटा ब्रुमर उपत्यकाका मुख्य सडक सफाईमा प्रयोग गर्दै आएको छ।
सडक सफा गर्न ब्रुमर प्रयोग गर्नथालेपछि काठमाडौंका सडकमा धूलो धेरै मात्रामा कम भएको दाबी गर्दै कुँवरले थप भएका २ ब्रुमरले सफाईमा थप सहयोग गर्ने बताए।
कुँवरका अनुसार महानगरले चलाउँदै आएका ५ वटा ब्रुमर ८ करोड ६६ लाख १२ हजार ४६० रुपैयाँमा खरिद गरेको थियो । ४ वटा ठूला ब्रुमर १ करोड ७९ लाख ५३ हजार १ सय १५ रुपैयाँको दरमा खरिद गरिएको हो भने एउटा सानो ब्रुमर १ करोड ४८ लाख रुपैयाँमा खरिद गरिएको हो।
प्रतिक्रिया दिनुहोस