
काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँच्चिएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुख मार्फत संसद सचिवालयको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँच्चिएको कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराएका हुन् ।
बैठककक्षमा भाँच्चिएको कुर्सीको आधी भाग उचालेर देखाउँदै उनले भने, ‘४ पटक भयो सभामुख महोदय म यहाबाट लडेको । अहिले सम्म दुर्घटना भएको छैन, बचिएको छ । तर यो कतिपटक भन्नुपर्ने हो संसद सचिवालयलाई ? आगामी दिनमा यस्ता कुर्सी कम्तिमा नराखियोस् । यो त धराप भयो । त्यसकारण यो त धेरै गम्भीर आपत्तीको विषय भएको हुनाले ज्यान जोगाई पाउ भन्न पर्ने अवस्था आयो । ”
उनको ध्यानाकषण सँगै संसद बैठक कक्षमा हासो छाएको थियो भने सभामुख कृष्ण बहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे गम्भीर रुपले ध्यानाकर्षण भएको जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस