aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ट्रम्पको कर्के नजरपछि अलिबाबाको शेयर मूल्यमा भारी गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
ट्रम्पको कर्के नजरपछि अलिबाबाको शेयर मूल्यमा भारी गिरावट

काठमाडौं । न्युयोर्क स्टक एक्चेञ्जमा सोमबार चिनियाँ अनलाइन सपिङ कम्पनी अलिबाबाको शेयरमा मन्दी आएको छ । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कम्पनीहरुमाथी थप दबाब सिर्जना गर्ने संकेत गरेपछि सोमबार खुलेको बजारले यस्तो प्रतिक्रिया दिएको हो । 

सोमबारको कारोबारमा अलिबाबा ग्रुपको शेयर मूल्यमा १२० बेसिक पोइन्ट गिरावट आएको छ । यसका साथै सो समुहको शेयर मूल्य २५१ डलरमा झरेको छ । 

शनिबार न्यु जसीमा आयोपिजत एक पत्रकार सम्मेलनमा ट्रम्पले आफु चिनियाँ कम्पनीहरु जस्तैः अलिबाबामाथी थप दबाब दिने तयारीमा रहेको बताएका थिए । यसअघि नै चिनियाँ कम्पनी बाइटडान्सद्धारा निर्माण गरिएको छोटा भिडियोहरुको एप टिकटकलाई अमेरिकाले प्रतिबन्ध लगाउने र ९० दिनभित्र अमेरिका छोड्न आदेश दिइसकिएको छ । 

अमिरिकी राष्ट्रपतिको चुनावमा आफुलाई बलियो बनाउन समेत ट्रम्पले चीनविरुद्धको आफ्नो अडानलाई अझ कडा बनाएका छन् । यससँगै चीन र अमेरिका बिचको तनाव बढिरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस