aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

के चिनियाँ जलसेना वास्तवमै विश्व शान्तिको चुनौती हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
के चिनियाँ जलसेना वास्तवमै विश्व शान्तिको चुनौती हो ?

शनिवार चीन सरकार नियन्त्रित चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका सम्पादक हु सिजिङले ट्विट गरे–चीनलाई दबाब दिन जति धेरै अमेरिकी हवाई यान साउथ चाइना सीमा आउँछन् त्यति नै बढी चिनियाँ सेना उनीहरू विरुद्ध पुर्णः र भरपर्दो विधिको खोजी गर्दै प्रतिकारको तयारीमा लाग्छ । यदि युद्ध शुरु भयो भने ती वायु यानहरु सबैभन्दा नराम्रो गरी निशानामा पर्नेछन् । 

यसले के देखाउँछ भने चिनियाँ जलसेना साउथ चाइना सी मा निकै बलियो रूपमा उपस्थित रहेको छ । चीनले अहिले ताइवानको नजिक रहेको विवादित क्षेत्रमा सैन्य अभ्यास गरिरहेको छ । यसले अमेरिका र उसका सहयोगीहरूलाई निकै नै उत्तेजित पारेको छ । 

विश्वव्यापी विरोधका बाबजुद चीनले हालैका हप्ताहरूमा हङकङमा जारी लोकतन्त्रबादी आन्दोलनलाई दबाएको छ । बेइजिङले अब त्यहाँ थप कडाई गर्ने संकेत गरिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँका राष्ट्रपति सी जिङपिङले हङकङलाई पुर्णरुपमा आफ्नो नियन्त्रणमा राख्ने नीति अवलम्बन गरेको छ । 

त्यसैगरि, विश्वव्यापीरुपमा चीनको विरोध भए पनि अहिले दक्षिण चीन सागरमा ठुलो सङ्ख्यामा चिनियाँ फौज तैनाथ गरिएको छ । उता, अमेरिकाले स्वतन्त्रताको लागि उक्साइरहेको ताइवानमा थप चीन विरोधी हर्कत नहोस् भन्ने चाहना स्वरुप ताइवान नजिकैसमेत चिनियाँ जलसेना पुगिसकेका छन् । 

तर, रोचक कुरा त यो छ की, अमेरिका र उसका सहयोगीहरूले चीनको जति विरोध गर्छन् चीनले त्यति नै सक्रिय ढंगले साउथ चाइना सी र ताइवानको नजिकमा आफ्नो सैन्य उपस्थिति र गतिविधिलाई सञ्चालन गर्ने गरेको छ । बिहीबार मात्र चिनियाँ सेनाले आफ्ना त्यस्ता गतिविधिहरूलाई ‘राष्ट्रिय सार्वभौमिकताको रक्षार्थ गरिएको काम’ भनेको छ ।  

अमेरिकाले ताइपेईसँग आफ्नो कूटनीतिक सम्बन्ध विस्तार गरेपछि चीनले त्यो क्षेत्रमा सैन्य गतिविधि बढाएको हो । सन् १९७९ यता अमेरिकाका उच्च तहका नेताकारुपमा त्यहाँका स्वास्थ्य मन्त्री एलेक्स अजरले ताइपेईको भ्रमण गरेको भोलिपल्ट चीनले त्यहाँ नजिकै सैन्य उपस्थिति देखाएको हो । 

त्यस लगतै चिनियाँ सेनाका एक कमान्डरले दुर्लभै दिने प्रतिक्रिया दिँदै भने, ‘केही ठुला देशहरू ताइवानसँग नकारात्मक कदम चाल्दै ताइवानको स्वतन्त्रताबारे सन्देश पठाइरहेका छन् । जसले ताइवान दिपमा शान्ति र स्थिरतालाई गम्भीर खतरामा पारेको छ ।’  

यसरी चीन र अमेरिकाबिच तनाव बढिरहेका बेला गत महिना अमेरिकाले दुई वटा युद्ध पोथ बोकेको हवाई यानलाई साउथ चाइना सी तर्फ पठाएको थियो । जसले गर्दा चीनलाई सो क्षेत्रमा सैन्य उपस्थिति बलियो पार्न बाध्य बनाएको देखिन्छ । 

त्यसो त चीनको सो गतिविधिबाट त्यस क्षेत्रका अन्य मुलुकहरु भियतनाम, मलेसिया र फिलिपिन्सलाईसमेत समस्यामा पारेको पश्चिमी राष्ट्रहरुले बताउँदै आएका छन् । तर, चीन भने साउथ चाइना सी मा रहेका टापुहरूलाई आफ्नो भन्दै आएको छ । जसमध्ये कतिपयलाई त उसले आफ्नो सैन्य आधार शिविरमा समेत परिवर्तन गरिसकेको छ । 

ती टापु बाहेक चीनले इक्वेडर नजिक रहेको गालापागोस टापु रहेको क्षेत्रमा समेत आफ्ना मान्छेहरूलाई माछा मार्न पठाएको आरोप इक्वेडरले लगाएको छ । सन् १९७८ मा नै यूनोस्कोले विश्व सम्पदा सूचिमा राखेको यो टापुको पर्यावरणीय अवस्थालाई चुनौती दिएको भन्दै चीनको थप विरोध भइरहेको छ । 

चाहे जे होस्, चीन विरोधी गठबन्धनले अहिले दक्षिण चीन सागरमा चीनले बढाएको सैन्य उपस्थिति र चिनियाँ जनसेलाको अभ्यासबाट चुनौती भने महसुस गरेको देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस