aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आखिर फेरी हुनेभयो रसियन खोपको परिक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
आखिर फेरी हुनेभयो रसियन खोपको परिक्षण

एजेन्सी। रूसले आफुले विकास खोप स्पुतनिक-५ को बारे गत हप्ता एक भिडियो जारी गर्‍यो। जसमा कोरोना संक्रमण बिरुद्दको खोपलाई अनुमति दिएको जानकारी थियो। रूसले यो खोपले कोरोना भाइरसलाई मार्ने दावी गरेको छ।

यद्यपि विश्वभरका वैज्ञानिकहरूले रुसको दावीमा चिन्ता व्यक्त गरेपछी रुस केहिपछी हटेको छ । अब तेस्रो चरणको मानवीय परिक्षण शुरु गर्ने भएको छ। रूसी प्रत्यक्ष लगानी कोष द्वारा जारी एक-३८-सेकेन्डलामो भिडियोले कसरी खोपले कोरोना संक्रमण मार्दछ भनेर देखाउँदछ।

स्पुतनिक न्यूजका अनुसार खोप उत्पादनको भिडियो पनि जारी गरिएको छ। गत हप्त, रूसका राष्ट्रपति भ्लादिमीर पुतिनले भने कि रसियन रक्षा मन्त्रालय र गामेलया इंस्टीट्यूटको यो खोप एकदम प्रभावकारी छ। यसले कोविड १९ महामारीको बिरूद्ध शरीरमा प्रतिरक्षा प्रणाली विकास गर्दछ।

रसियाको समाचार एजेन्सी तासका अनुसार भ्याक्सिनको तेस्रो  चरणको मानवीय परीक्षण आगामी सात देखि दश दिन भित्र सुरु हुन सक्छ। मस्कोमा हुने  यस परीक्षणमा हजारौं व्यक्ति सहभागी हुनेछन्।

खोपको चरण १ र चरण २ परीक्षणहरू धेरै छिटो गतिमा गरिएको थियो। यो प्रक्रिया दुई महिना भित्र पूर्ण भई सक्ने छ। चरण ३ को ट्रायल सुरु हुनु अघि नै सरकारले खोपको स्वीकृति प्रदान गरिसकेको थियो।

प्रतिक्रिया दिनुहोस